आइतवार, कार्तिक ७, २०७८

समृद्ध तर्फ रुपा गाउँपालिका

समृद्ध तर्फ रुपा गाउँपालिका
आइतवार, कार्तिक ७, २०७८
  बाबुराम ओली असोज १, कास्की । कास्की जिल्लाको रुपा गाउँपालिका समृद्ध तर्फ तिव्र गतिमा अगाडि बढिरहेको देख्न सकिन्छ । गाउँपालिकाले शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि लगायतका क्षेत्रहरुलाई विशेष प्राथमिकतामा राखेर काम गर्दै आइरहेको छ । शिक्षा क्षेत्रमा गुणस्तरता ल्याउनको लागि शैक्षिक सामाग्रीको उपलब्ध, विषयगत शिक्षको व्यवस्था, छात्रवृत्तिको व्यस्था , नयाँ विद्यालय भवनको निर्माण र कृषि प्राविधिक शिक्षा सञ्चालन लगायतका कामहरु भएसँगै यस गाउँपालिकाको शैक्षिक क्षेत्रमा निकै सुधार आएको कास्की जिल्लाको रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाको दावी रहेको छ । अझ शिक्षालाई व्यवस्थित गर्नको लागि निशुल्क अङग्रेजी कक्षाको सञ्चालन र विद्यार्थि अनुउपस्थितमा अभिभावक सम्र्पकको लागि मुबाइल ब्यालेन्सको व्यवस्था पनि रहेको छ । जस्ले गर्दा विद्यार्थि विद्यालय नआएर बाहिर बस्नु पर्ने अवस्थाको मुक्त भएको छ । गाउँपालिकाले कृषिलाई मुख्य क्षेत्र बनाएर बिउ, मल र अनुदान प्रशस्त मात्रामा व्यवस्था साथै कृषिलाई व्यबस्थापन गरेर कृषि उत्पादन वृद्धिका लागि ,३७ कि.मि पक्कि कुलो पनि निर्माण गाउँपालिकाले गरिरहेको छ । जस्ले गर्दा सम्पूर्ण किसानहरु आफैमा आत्म निर्भर र उत्साहित भएको देख्न सकिन्छ । स्थानिय सरकार आउँदा जम्मा ८ ओटा कृषि र्फम दर्ता भएका थिए भने निर्वाचन पछि ४०० भन्दा बढी कृषि र्फम दर्ता भएका  कारण कृषि क्षेत्रमा विकास हुदै गइरहेको छ । स्थानिय सरकार आउनु भन्दा पहिले दयनीय रहेको स्वास्थ्य क्षेत्र स्थानिय सरकारको आगमनसँगै स्वास्थ्य चौकीहरुको निर्माण , औषधीको उपलब्धता, प्रयाप्त मात्रामा स्वास्थ्य कर्मीको व्यवस्था, सुत्केरी महिलमको लागि निशुल्क क्याल्सीयम चक्की र १५ सैयाको अस्पताल निमार्णले गर्दा यस क्षेत्रमा रहेका स्थानिय केही उपचारको लागि अन्य ठाउँ जानु पर्ने बाध्यता नरहेको गाउँपालिकाका अध्यक्ष ओझाले बताउनु भयो । उहाँका अनुसार पर्यटन विकासको लागि मठमन्दिरको निर्माण र प्रचारप्रसार गर्न लगायतका कामहरु भइरहेका छन् । स्थानिय सरकार आउनु भन्दा पहिले जम्मा १०२ घरमा धारा थिए भने निर्वाचन पछि स्थानिय सरकार आएदेखी सम्पूर्ण घरघरमा शुद्ध खानेपानी पुर्याएको गाउँपालिका अध्यक्ष ओझाले बताउनु भयो । गाउँपालिकामा सम्पूर्ण वडाहरुमा विद्युत उपलब्ध र काठेपुल मुक्त क्षेत्र भएका कारण स्थानिय बासिमा सहजता पैदा भइरहेको छ । लामो समय देखि विकास निर्माणमा पछाडि परेको यो क्षेत्र अहिले भने विकसित बन्दै गएको अध्यक्ष ओझाको दावी रहेको छ । पर्यटनमा आर्थिक विकास ल्याउनको लागि निर्माण काम र प्रचारप्रसार गर्ने काम भइरहेको छ । जस्ले गर्दा पर्यटकहरुको आगमनमा बृद्धि हुदै गइरहेको देख्न सकिन्छ । समग्रमा, सम्पूर्ण विकासका कामहरु भइरहदा यहाँका स्थानियले खुसी व्यक्त गरेका छन् । विभिन्न समस्याहरु हुँदा हुँदै पनि विकासका कामहरु गरिरहदा स्थानियबाट निकै साथ पाएको र बाँकी रहेका कामहरु निर्माण चरणमा रहेको गाउँपालिकाका अध्यक्ष ओझाले बताउनु भयो ।

© 2021 nepalonlinesamachar.com All Rights Reserved | Website Design & Developed by : Taleju Web Pvt. Ltd.